बिहिबार, ०१ असोज २०८३
नेपाली

कला/साहित्य

Main News Image

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान

काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका ५ कृतिमध्येबाट मुल्यांकन समितिले ‘सलह’ लाई चयन गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

‘सलह’ नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैली यसका प्रमुख शक्ति हुन् । ‘सलह’ले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्नलाई प्रभावशाली रूपमा स्थापित गरेको छ ।

त्यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । शरणार्थी,राधा,आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढांचाका माध्यमबाट प्रस्तुत गरेका छन् ।

यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् । ‘यदुनाथ खनालः जीवनी र विचार’,‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन् । संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन् । यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र रहेको छ ।


गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन

चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ ।...

नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

२१ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ ।...

‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान

काठमाडौँ ।  नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा...

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण

काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक...

पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति !

काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्व...