मङ्गलबार, ०५ जेठ २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गरेर उदाहरणीय कार्य गरेका हुन्। ४ जेठमा सार्वजनिक भएको यस परोपकारी कार्यपछि रातिको समयमा हिँडडुल गर्न निकै सजिलो र सुरक्षित भएको स्थानीयले बताएका छन् ।

कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माका अनुसार बस्तीमा उज्यालो भएपछि अहिले रातको समयमा सर्वसाधारण ढुक्कले आवतजावत गर्न पाएका छन् भने चितुवा जस्ता जंगली जनावरको त्रास समेत निकै कम भएको छ।

गाउँमा बत्तीको अभाव देखेपछि टोल सुधार समिति र बिहानी आमा समूहले यो नवजोडीसमक्ष सडकबत्तीको आवश्यकताका बारेमा प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सहर्ष स्विकार्दै प्रकाश र राधिकाले आफ्नै व्यक्तिगत खर्चमा १४ वटा ३० वाटका र ३ वटा ५० वाटका सडकबत्तीका साथै तार र आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराएको कुरा अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य

काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका...

सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार

काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरच...

कर्मचारी ट्रेड युनियन खारेज : राजनीति गर्ने कर्मचारीको जागिर जाने

काठमाडौँ ।  मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड यु...

प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँद...

काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी...

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न

काठमाडौँ ।  नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको...

किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक

काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...