शनिबार, २७ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त

काठमाडौF . शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिको प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ एवं जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञहरूलाई काउन्सिलको जिम्मेवारी सुम्पेको हो। नयाँ मनोनित सदस्यहरूमा आईटी तथा डिजिटल नीति विज्ञ डा अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, कर्खानाका सह-संस्थापक एवं स्टेम शिक्षा विज्ञ डा दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना रहेका छन् .

सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय भएकाले यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमहरूको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्यांकन प्रणाली परिमार्जन तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।


भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप

काठमाण्डौँ । भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ । भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रध...

जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा...

उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित

ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका ल...

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सक...

असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि...