समाज/संस्कृति
प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रताको विशेष दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष पनि प्रेस स्वतन्त्रताको महत्व, पत्रकारहरूको सुरक्षा र सूचनाको हकको ग्यारेन्टी गर्ने उद्देश्यका साथ नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ ।
नेपालमा पनि नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले यो दिवसको अवसरमा प्रभातफेरी, अन्तर्क्रिया र गोष्ठीहरू आयोजना गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई राज्यको चौथो अंग मानिने भएकाले यसको स्वतन्त्रता र निष्पक्षताले नै लोकतन्त्रलाई बलियो बनाउने विश्वास गरिन्छ।
आजको दिन सञ्चार जगत्ले भोग्नुपरिरहेका चुनौतीहरू, खासगरी पत्रकारमाथि हुने भौतिक तथा मानसिक आक्रमण, धम्की र कानुनी अड्चनहरूका विषयमा बहस गरिँदैछ। पछिल्लो समय प्रविधिको विकाससँगै फैलिएका भ्रामक सूचना र डिजिटल सुरक्षाका चुनौतीहरूका बीच स्वतन्त्र पत्रकारिताको सान्दर्भिकता झन् बढेको सरोकारवालाहरूले बताएका छन् । दिवसको सन्दर्भमा सरकार र विभिन्न राजनीतिक दलका नेताहरूले प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
ताजा समाचार
दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न
काठमाडौँ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको...
किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक
काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण
काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्...
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित त...
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । व...
आज राष्ट्रिय चिया दिवस मनाइँदै
काठमाडौँ । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष...


