बिहिबार, २६ कात्तिक २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

भक्तपुर । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्‍यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए ।

पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ ।

एनपीएल : जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित, प्लेअफ सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार भएको लो स्कोरिङ खेलमा बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सला...

यमपञ्चकको अन्तिम दिन आज भाइटीका, टीकाको उत्तम साइत बिहान ११:०७ बजे

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व धूमधामका साथ मनाइरहेका छन् । प्रत्येक वर्ष कात्...

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिर खुला

काठमाडौँ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर पूजा, दर्शन र टी...

यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। आँगनमा लिपपो...

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः आत्म पूजा पनि गर्दैछन् ।...

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा...