स्वास्थ्य
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ । औषधिको नियमित सेवन गरेमा छोटो समयमै पूर्ण निको हुने कुष्ठ रोग प्रभावित व्यक्तिप्रति नेपाली समाजमा गरिने व्यवहार र कानुन पीडितमैत्री हुन नसकिरहेको अवस्थामा नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिविरुद्धको भेदभाव अन्त्यका लागि कानुनी सुधार गर्न लागिएको हो ।
नेपाल कानुन समाजको अग्रसरतामा विद्यमान कानुनी त्रुटिहरूलाई उजागर गर्दै तीनै तहका सरकारको सहभागितामा एकीकृत कानुन निर्माणको बलियो आधार तयार पारिएको छ । स्वास्थ्यको पाटोबाट कुष्ठ प्रभावसम्बन्धी समस्याको पहिचान, उपचार र पुनःस्थापना तथा विभेदकारी कानुनलाई समयानकूल सुधार गर्न यससम्बन्धी मस्यौदा बनाइ स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।
ताजा समाचार
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह...
स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र उच्च सतर्क रहन मन्त्रालयको...
काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या...
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहत...
काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै
काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा स...
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु
काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलन...
चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द
काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर...


