स्वास्थ्य
ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी पाँच वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे। तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने उनको भनाइ छ ।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिडिरहेका छौँ, औषधि ऐनलाई जनतामुखी बनाऔं, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी पाँच वर्षभित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौँ, ८० प्रतिशन औषधि हामी उत्पादन गरेर देखाउछौँ’ अध्यक्ष अधिकारीले भने । अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।
ताजा समाचार
काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहे...
अझै खुलेन उपत्यकामा बादल, प्रदूषण झन् बढी, बन्यो विश्वकै तेस्रो प्रदूषित सहर
काठमाडौँ । काठमाडौँ उपत्यकामा चार दिनदेखि मौसम खुल्न सकेको छैन । धुम्म मौसमका कारणका चार दिनदेखि घामसमेत लाग्न सकेको छैन । साथै वायु प्रदूषण झन् बढ...
झन् बढ्यो काठमाडौँमा प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका...
चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परे...
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...
डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ...


