सोमबार, ०९ कात्तिक २०८३
नेपाली

काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

Main News Image

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरेको हो ।

नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ । सोही संवैधानिक व्यवस्थाको कार्यान्वयन तथा सर्वोच्च अदालतबाट ऐन कार्यान्वयनका सम्बन्धमा जारी भएका विभिन्न तीनवटा परमादेश तथा निर्देशनात्मक आदेशसमेतलाई आधार बनाएर सरकारले ऐन कार्यान्वयनलाई प्राथमिकता दिएको हो ।


mediabaaji add

सम्बन्धित खबर

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।  सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...

घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...

डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...

सरकारी टोलीसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीद्वारा अनसन अन्त्य

काठमाडौँ । धनगढीमा बिहीबारदेखि अनसनरत डा गोविन्द केसीले सरकारी पक्षसँग ७ बुँदे सहमति भएसँगै आफ्नो अनसन तोडेका छन् । डा केसीका मागहरूबारे वार्ता गर्न शनिबार काठमाडौंबाट सरकारी टोली धनगढी पुगेको थियो । 

टोलीसँग भएको सहमतिपश्चात् डा। केसील...

विश्व खाद्य सुरक्षा दिवस : दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु

काठमाडौँ । विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यां...

बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको  छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले स...