सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
काठमाण्डौँ । तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत्वका जडीबुटीको उत्पादनतर्फ समुदाय अग्रसर भएपछि देवघाट क्षेत्र जडीबुटी खेतीको केन्द्र बन्न लागेको हो ।
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले तनहुँ जिल्लामै पहिलो पटक सर्पगन्धाको व्यावसायिक खेती थालेको छ । समूहले गत आर्थिक वर्षदेखि चार रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपण गरेको छ । उक्त परियोजनामा डिभिजन वन कार्यालय तनहुँले रु चार लाख र मधुवन सामुदायिक वनले रु एक लाख दश हजार गरी कुल पाँच लाख १० हजार लगानी भएको छ ।
सर्पगन्धा खती विस्तार गर्ने अभियानमा देवघाटका अन्य सामुदायिक वन पनि जोडिएका छन् । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनले चार हजार र रानीवन सामुदायिक वनले एक हजार बिरुवा रोपेका छन् । यसैगरी कालिका सामुदायिक वन तथा वडा नम्बर १ को सुनझाँक्री सामुदायिक वनले प्राकृतिक रूपमा उम्रिएका सर्पगन्धाका बिरुवाको संरक्षण अभियान सुरु गरेका छन् । चालु आर्थिक वर्षभित्र थप बिरुवा रोपण गर्ने योजना समेत वन समूहहरूले बनाएका छन् ।
मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम अधिकारीले सर्पगन्धाको महत्व र बजार सम्भावनालाई मध्यनजर गर्दै यसको व्यवसायिक खेती सुरु गरिएको बताउनुभयो । “सामुदायिक वनको आम्दानी बढाउनुका साथै वनलाई उत्पादनमुखी बनाउने उद्धेश्यले यो खेती सुरु गरेका हौं,” उहाँले भन्नुभयो, “गत वर्ष रोपिएका बिरुवाको संरक्षण, गोडमेल र विस्तार गर्दै आगामी वर्षहरूमा राम्रो आम्दानी लिन सकिने विश्वास छ ।”
चक्रवर्ती सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीका अनुसार वनमा फैलिएका झाडी हटाएर बहुमूल्य जडीबुटीको खेती गरिएको हो । “अबको दुई वर्षभित्र यसबाट प्रत्यक्ष आर्थिक लाभ लिन सकिने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनहरूले आम्दानीका वैकल्पिक स्रोत खोज्नुपर्ने बताउँदै देवघाटको तल्लो भेगको हावापानी सर्पगन्धा खेतीका लागि उपयुक्त भएकाले भविष्यमा यसबाट उल्लेखनीय आम्दानी लिन सकिने बताउनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई...
नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ
काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई...
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर...
झन् बढ्यो काठमाडौँमा प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...
श्रम शोषणविरुद्ध डाक्टर सडकमा
काठमाडौँ । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘...
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...



