काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौं स्थानमा रहेको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु
काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् ।
जिल्लाका सबै आठवटै स्था...
सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग
काठमाडौँ । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन...
रायोको सागमा भेटियो उच्च विषादी
काठमाडौँ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्र...
सर्लाहीका यी १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा धेरैलाई औषधि खुवाउने तयारी
काठमाण्डौँ । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो ।
...
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनल...



