काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौं स्थानमा रहेको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निका...
आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ
काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...
स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र उच्च सतर्क रहन मन्त्रालयको निर्देशन
काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको आपतकालीन परिस्थितिलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन र क...
नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !
काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भए...
चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...
सरकारले डा. केसीसँग आज औपचारिक संवाद गर्ने
काठमाण्डौँ । सत्याग्रहमा बसिरहेका प्रा. डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबरा औपचारिक संवाद गर्ने भएका छन् । शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए । शिक्षा तथा खेलकुदम...



