समाज/संस्कृति
माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित
काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ ।
नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्वअन्तर्गतको विशेष भत्ता महँगी भत्ता वि।सं। २०८२ माघ महिनादेखि उपलब्ध नभएको भन्दै कर्मचारीहरूले असार १८ गतेदेखि काउन्सिल सचिवालयको दैनिक कामकाज बन्द गरी आन्दोलन सुरु गरेका थिए। सो क्रममा कर्मचारीहरूले कार्यालय परिसरमा धर्ना दिँदै सरकारले निर्णय गरेअनुसारको भत्ता तत्काल उपलब्ध गराउन माग गरेका थिए।
कर्मचारीहरूको माग सम्बोधन भएपछि प्रेस काउन्सिल नेपालले असार १९ गते अपराह्नदेखि काउन्सिलको सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएको जनाएको छ। आन्दोलित कर्मचारीहरूले माग सम्बोधन भएकाले अवरुद्ध भएको सेवा अब नियमित रूपमा सञ्चालन हुने जानकारी दिएका हुन्।
यसअघि कर्मचारीहरूले लामो समयसम्म महँगी भत्ता रोकिँदा आर्थिक भार बढेको, पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका थिए।
ताजा समाचार
सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा
काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी म...
डोल्पामा लेदोसहितको बाढी, एक महिलाको मृत्यु, चार जना घाइते
डोल्पा । जिल्ला डोल्पा जगदुल्ला गाउँपालिका–५ गैरी गाउँमा अविरल वर्षापछि धुला खोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चा...
सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी ग...
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचाल...
काठमाडौँ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प...
गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै न्यूरोडको ‘कर्नर पोइन्ट’ लाई दुई लाख...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका(२२, न्यूरोडस्थित ुकर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई आज मन्त्रालयमा आय...


