अपराध/ सुरक्षा
कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका गरगहना, करिब ३३ हजार रुपैयाँ बराबरका चाँदीका गहना तथा सामग्री, भारतीय रुपैयाँ १० हजार र नेपाली रुपैयाँ ४५ हजार चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।
सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटालाई २०८२ चैत ७ गते राति करिब ९,५० बजे पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट सुन जस्तो देखिने तिलहरी ३ थान, सिक्री १ थान, नेक्लेस, बाला ३ थान, झुम्का १ जोर, नौगेडीमा प्रयोग हुने गोटी ८ थान, जन्तर १ थान, स(साना टुक्रा २५ थान, नाकमा लगाउने फुली १ थान बरामद गरिएको छ । त्यस्तै चाँदी जस्तो देखिने बाला २ थान, सानो थाली १ थान, पाउजु १ जोर, औँठी २ थान, धातुको चुरा २ थान समेत फेला परेको प्रहरीले जनाएको छ ।
ताजा समाचार
इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँ...
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबा...
सशस्त्र प्रहरीका दुई डीआइजी प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप
काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई डीआइजीको पदावधि थप भएको छ। प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएको हो । उनीहरुको पदावधि थप भएसँगै सिंस...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ
काठमाडौँ । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहर...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ प...
एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्...


