अन्तर्राष्ट्रिय समाचार
भेनेजुएलापछि अब क्युबा ट्रम्पको निशानामा, वाशिङ्गटन र हवानाबीच तनाव उत्कर्षमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा त्यसको गम्भीर मूल्य चुकाउन चेतावनी दिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तीव्र तनाव उत्पन्न भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्युत गरी गिरफ्तार गरेलगत्तै ट्रम्पले क्युबामाथि दबाब बढाउँदै अब उप्रान्त भेनेजुएलाबाट क्युबा जाने सम्पूर्ण तेल र आर्थिक सहायता पूर्ण रूपमा बन्द गरिदिने घोषणा गरे ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत क्युबालाई धेरै ढिलो हुनुअघि नै सम्झौताको बाटोमा आउन दृढतापूर्वक सुझाव दिए पनि उनले कस्तो खालको सम्झौता गर्न खोजेका हुन् भन्नेबारे कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् ।
यता क्युबाली राष्ट्रपति मिगेल डियाज–कनेलले ट्रम्पको दाबी र चेतावनीको कडा शब्दमा खण्डन गरे । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकासँग आप्रवासनका प्राविधिक विषयबाहेक अन्य कुनै पनि राजनीतिक वार्ता नभइरहेको स्पष्ट पारे ।
ताजा समाचार
ट्रम्पले आफूलाई गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बि...
अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू
काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेक...
भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले व...
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध ४ दिनपछि बोल्यो नेपाल, के भन्यो ?
काठमाण्डौँ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको छ । यही जनवरी ३ राति अमेरिकी से...
बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक
ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालग...
कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्...

