बिहिबार, १४ साउन २०८३
नेपाली

अन्तर्राष्ट्रिय समाचार

Main News Image

हर्मुजमा अमेरिकी नाकाबन्दीको असर : इरानले गुमायो झन्डै ५ अर्ब डलर आम्दानी

काठमाण्डौँ । सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हर्मुज जलडमरूमध्यमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार यो नाकाबन्दीपछि इरानले तेल निर्यातबाट हुने करिब ४.८ अर्ब डलर झन्डै ५ अर्ब डलर बराबरको आम्दानी गुमाएको छ ।

गत अप्रिल १३ देखि अमेरिकाले इरानको सामुद्रिक मार्गमा कडाइ गरेपछि इरानका बन्दरगाहबाट बाहिरिने र भित्रिने जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ । पेन्टागनको पछिल्लो तथ्यांकअनुसार नाकाबन्दी सुरु भएयता तेल र अन्य प्रतिबन्धित सामग्री बोकेका ४० भन्दा बढी जहाजलाई अमेरिकी सेनाले रोकेर फर्काइदिएको छ ।

हाल ओमानको खाडीमा ५३ मिलियन ब्यारेल इरानी कच्चा तेल बोकेका ३१ वटा ट्यांकरहरू अलपत्र अवस्थामा छन्, जसको बजार मूल्य अर्बौँ डलर रहेको छ ।

इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने ट्रम्पको घोषण...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिच मर्जबीचको बढ्दो राजनीतिक तिक्तताका कारण अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना करिब ५...

आणविक क्षमतामा सम्झौता नगर्ने इरानको अडान

काठमाडौँ ।  क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै पन...

इरानमाथि सैनिक आक्रमण पुनः सुरु गर्दै अमेरिका

काठमाडौँ । मध्यपूर्वमा पुनः भयानक युद्ध सुरु हुने भएको छ । अमेरिकाले अबको केही घण्टाभित्रैमा इरानमा भिषण आक्रमणको तयारी गरेसँगै मध्यपूर्वको आकाशमा...

समुद्री घेराबन्दी नहट्ने ट्रम्पको अडान : इरानको तेल निर्यात शून्यमा झार्ने रणनीत...

काठमाण्डौा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा धराशायी बनाउने उद्देश्यले जारी ‘अपरेशन इकोनोमिक फ्युरी’अन्तर्गत ल...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्...

जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा

काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्...