समाचार
देउवा समूह समानान्तर महाधिवेशनमा, सभापतिकै हैसियतमा देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनमा होमिएको छ । देउवा समूहले १५ औँ महाधिवेशनका नाममा आज असोज १५ गते वडा अधिवेशन गर्दै छ । निवर्तमान सभापति देउवाले सभापितकै हैसियतमा पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवाले बिहीबार जारी गरेको अपिलमा पार्टीको आफ्नो समूहले आयोजना गर्ने महाधिवेशन प्रक्रियालाई समर्थन गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर अधिवेशन सुरु हुन लागेको उल्लेख गरेका छन् ।
देउवाको यो अपिल कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनको प्रक्रिया तथा नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला आएको हो। पार्टीको संस्थापनपक्षले यही असोज १८ गते सुरु हुने १५ औँ महाधिवेशनका लागि वडा र क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरिसकेको छ । तर देउवा समूह विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित भएको केन्द्रीय कार्यसमितिलाई अस्वीकार गरी समानान्तर महाधिवेशन गर्न लागेको हो ।
ताजा समाचार
सर्वोच्चको फैसला कार्यान्वयन गर्न संघको माग
काठमाण्डौँ । भेटका क्रममा नाआनले मन्त्री तिमिल्सिनालाई एक ध्यानाकर्षण पत्र बुझाउँदै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने गरी भएको विग...
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः००...
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्न...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई...
भैरमपुरमा बाह्र घर जलेर खरानी
काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् । जिल्ला...
झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै
काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्...
नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघ...


