राजनीति
प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुस् : साम्पाङ
काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले रक्षामन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् । उनले सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादको विषयमा जवाफ दिन प्रतिनिधि सभामा रक्षामन्त्रीको उपस्थिति खोजेका हुन् । ‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन् ? प्रधानमन्त्रीज्यू आउनुहुन्न भने अब रक्षामन्त्रीलाई बोलाइदिनुस्,’ उनले भने, ‘सभामुख महोदयले रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो । हामी दुई–चार वटा प्रश्न सोध्न चाहन्छौँ।’
साम्पाङले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का सुरक्षाकर्मीहरू नेपाली भूभागमा आएको र स्थानीय नेपालीमाथि दुर्व्यवहार गरेको बताए । ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरूमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ उनले भने ।
ताजा समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प...
दोस्रो पटक मन्त्रिपरिषद् प्रवेश गरेका सुधन गुरुङ पाँचौँ वरीयतामा, महावीर पुन आठौ...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश गरेका गृहमन्त्री सुधन गुरुङले पाँचौँ वरीयता प्राप्त गरेका...
जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोष...
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने...
पदबहाली लगत्तै गृहमन्त्री सुधन गुरुङको घोषणा : राजदरबार हत्याकाण्डको थप छानबिन ग...
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले इतिहासकै सर्वाधिक चर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को थप छानबिन गर्ने घोषणा गर...
भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगामी साता चीन जाँदै
काठमाडौँ । छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार मात्र स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता उत्तरी छिमेकी...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सोमबार बिहान १...


