राजनीति
पुस १३–१४ गते समानुपातिकको बन्द सूची, उम्मेदवार छनौटबारे दलहरूलाई प्रशिक्षण दिँदै आयोग
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ। सोही कार्यतालिका अनुसार बन्द सूची पेस गर्ने दिन तोकिएको हो ।
यस्तै, समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज पुस ८ गतेदेखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिन लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’ बारे प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा नयाँ–पुराना, साना–ठूला दलका नेता तालिममा सहभागी हुनेछन् । जनगणनाअनुसार समानुपातिकको समावेशी समूहतर्फ हुनसक्ने परिवर्तनबारे दलहरूलाइ ओरिएन्टेसन प्रदान गर्न लागिएको रसमानुपातिकमा निवेदन दिएका सबै १९३ वटा दलका प्रतिनिधि सहभागी हुने प्रवक्ता भट्टराईले बताए ।
ताजा समाचार
रवि र बालेन छलफल : रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन् । उनले आफ्नो निर्वाचने क्षे...
निर्वाचन आयोगको सही प्रावधान : भ्रष्टाचारी र गम्भीर अपराधीलाई संसद् छिर्ने बाटो...
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको योग्यता र अयोग्यताका सम्बन्धमा स्पष्ट कानुनी व...
ओली र लेखकलाई पत्राचार गर्दै आयोग
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री...
सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रधानमन्त...
प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी : आग्रहप्रेरित कटाक्ष गरेर तरंगित नबनाउ...
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका अर्का नेता प्रदीप ज्ञवालीलाई आग्रह प्रेरित कटाक्ष नगर्न चेतावनी दिएका छन् । हालै सम्पन्न महाध...
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपो...


