राजनीति
जनता सचेत र जागरूक नभए फेरि सङ्कट आउन सक्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता सचेत र जागरूक नभए देशमा पुनः ठूलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभामा उनले यस्तो दाबी गरेका हुन् । प्रचण्डले भने, ‘यदि जनता जागरूक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि सङ्कट आउन सक्छ।’ उनका अनुसार मुलुक अहिले गम्भीर राष्ट्रिय सङ्कटमा छ र त्यसबाट मुक्त गर्न सम्पूर्ण देशभक्त, वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक छ ।
उनले एमाले र कांग्रेसको ‘दुई तिहाइ’बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै, कांग्रेस–एमालेका कारण देश सङ्कटमा परेको टिप्पणी पनि गरे। प्रचण्डले भने, ‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हटाइयो। भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन।’
प्रचण्डले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि रहेको स्पष्ट पारे । उनले भने ‘चुनाव त हामी जित्छौँ। तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ।’
ताजा समाचार
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौंमा आइतबार आयोजित ए...
एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित
बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भ...
एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरका १ र ३ मा निर्वाचन, २ मा सर्वसम्मत
महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
काठमाडौँ । आज दिनको २ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य...
माओवादीका नेताहरूको ठगी, मिटरब्याज र अवैध लगानीले स्वर्गद्वारी सहकारी संकटमा !
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगान...
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो...


