आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

कांग्रेसभित्र महाधिवेशन बहस : संस्थापन समूह नै विभाजित

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ । महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन् । केन्द्रीय समिति बैठकको अघिल्लो दिन दुवै समूह बेग्ला बेग्लै आन्तरिक छलफलमा जुटेको छ । चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा उभिएका नेताहरू बानेश्वरमा छलफलमा छन् । चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग राख्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने २५ जना कुपन्डोलमा छलफलमा जुटेका छन्।

महाधिवेशनको मितिबारे पेचिलो बनिरहेको बेलामा बिहीबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकअघि इतर पक्षले पनि नियमित महाधिवेशनको सम्भावना टर्दै गएकाले विशेष महाधिवेशनको पक्षमा निर्णय गराउन दबाब बढाइरहेको छ । सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवा पनि आफूनिकट नेताहरूसँग परामर्शमा छन् । कावा दिएकाले बैठकमा नजाने भए पनि पार्टीका नेताहरूलाई निवासमै बोलाएर देउवा निरन्तर संवादमा छन् ।

 

परराष्ट्रमा हाजिर लगाउँछन्, घाम ताप्छन् र घर फर्कन्छन् राजदूतहरू

काठमाडौँ । सरकारले विभिन्न ११ देशबाट फिर्ता बोलाएका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिरी लगाउँछन् अनि चौरमा घाम तापे...

ओलीले दोहोर्‍याए : जेनजी आन्दोलनका घटनाको जिम्मा लिन्न

काठमाडौँ । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले अदालत जाने तयारीमा छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनको अनुमति

काठमाडौँ । सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनु...

गुलाफको फूल चुनाव चिह्न लिएर विप्लवले दर्ता गरे नेकपा माओवादी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भ...

आयोगले भन्यो : मतदाता नामावली संकलनमा अनधिकृत व्यक्तिको पहुँच छैन

काठमाडौँ । निर्वाचन आयोगको मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने हल्लामा सत्यता नरहेको बताएको छ । सामाज...

पञ्जीकरण विभागको वेबसाइट ह्याक गरी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र रिहा गर्न अल्...

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट साइबर आक्रमणमा परेको छ । जसका कारण राष्ट्रिय परिचयपत्रसम्ब...