राजनीति
क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हुन् जेनजी : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक संसद विघटनमा भूमिका खेल्नेले अहिले पुनः स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसद पुनः स्थापनाको माग वर्तमान राजनीतिक सन्दर्भमा हास्यास्पद रहेको बताएका हुन् ।
उनले आउँदो माघ २१ गते तय भएको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक अभ्यासको निरन्तरता भएको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रयास राष्ट्रका लागि घातक हुने बताए । निर्वाचन नहुने हो भने देश फेरि अराजकतामा जाने खतरा छ,उनले भने । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे । उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए ।
ताजा समाचार
शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा नि...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना
काठमाडौँ । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासक...
नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् ।...
अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार पनि बस्दै छ । असोज २८ गतेदेखि सुरु भएको बैठक शनिबार दि...
काठमाडौँका यी ठाउँमा २ महिनासम्म भेला र प्रदर्शन गर्न निषेध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर...


