शनिबार, २८ कात्तिक २०८३
नेपाली

राजनीति

Main News Image

बालिका गरिमा चौधरीको अभिभावकसँग सरकारले गर्‍यो तीनबुँदे सहमति

काठमाडौँ । सिमरामा हत्या गरिएकी बालिका गरिमा चौधरीको आमा-बुवासँग सरकारले तीनबुँदे सहमति गरेको छ । गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले तीनबुँदे सहमति गरेको हो । शनिवार गृहमन्त्री सुधन गुरुङले हत्या गरिएकी बालिकाको अभिभावकलाई वार्ताका लागि सिमराबाट काठमाडौं झिकाएका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालिकाको अभिभावकलाई कृषिमन्त्री गिता चौधरीले गृह मन्त्रालय लगेकी थिइन्। गृहमन्त्री गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, महिला बालबालिकामन्त्री सिता वादीको उपस्थितिमा परिवारसँग तीनबुँदे सहमति भएको हो । 

सहमतिमा जघन्य अपराधका घटनामा नागरिक अपेक्षाअनुसार विद्यमान कानुन परिमार्जन गर्ने उल्लेख छ । विद्यमान कानुनमा भएको सजायको व्यवस्था पुनरवलोकन गरी कानु तर्जुमाका लागि सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने, सम्झौतामा भनिएको छ । बालिकाको अभिभावकको चाहनाअनुसार सालिक बनाउन पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय तहसँग समन्वय गर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै,बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रितअनुसार बालिकाको अन्त्येष्टि गर्ने सहमतिमा उल्लेख छ । उक्त सहमतिमा मन्त्रीहरूसँगै बालिकाकी बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीको हस्ताक्षर छ । 


एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्ने सरकारको प्रयास, यस्तो ल्यायो का...

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न ‘सार्वजनिक सेवा तत्काल सुधा...

ओलीका स्वकीय सचिवको अकुत सम्पत्तिको चाङ, अनुसन्धान रोक्न अख्तियारलाई ओलीको निरन्...

काठमाण्डौँ । आफ्नै स्वकीय सचिव राजेश बज्राचार्यको कारणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला तनावमा परेका छन् । लामो समयदेखि शक्तिको केन्द...

देउवा–शेखर भेटवार्ता : कांग्रेसभित्रको विवाद समाधानबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। पार्टीभित्र पछिल्लो समय बढ्दै गएको विवाद र वि...

बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच...

काठमाडौँ । सर्वोच्च अदालतले बालेन्द्र शाह नेतृत्वमा सरकारलाई अर्को झड्का दिएको छ । सर्वोच्चले बिहीबार नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्र...

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाण्डौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्य...

बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे मन्त्री तिमिल्सिना र कार्यवाहक प्रमुख डंगोलबीच...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका वि...