आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।  शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको बताएका हुन् । आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको उनको भनाइ थियो । 

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ,’ सञ्चारकर्मीको प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘तपाईंहरूले बुझ्नु हुन्न कि के होरु सम्पूर्ण छानबिनका लागि म तयार छु ।’ प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको बताए । त्यसको सामना गर्न आफू नडराउने उनको भनाइ थियो ।  त्यस्तै, सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे पनि सोधेका थिए। त्यसमा भने प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए । 


एमालेले भन्यो- संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासकको संकेत

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन् । शनिबार एमाले पार्टी कार...

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौँ। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविर...

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेक...

२३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटन...

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्न...

काठमाडौँ । सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्...

राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् ।  नेपालको संविधानको धारा ९५ को व्यवस्था...