आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

सरकार गरिबको होइन, सुकुम्बासीमाथि दमन गर्ने सरकार हो : हर्क साम्पाङ

यो सरकार गरिबमैत्री भएन : हर्क साम्पाङ

काठमाण्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलको सरकार गरिबमैत्री नभएको आरोप लगाएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले महँगीको मारले नागरिक आजित हुँदा पनि सरकारले मुख नखोल्नु गैरजिम्मेवारीपन भएको बताए । सरकारले सुकुम्बासीमाथि गरेको धरपकडले सरकार गरिबको पक्षमा नभएको उनले तर्क गरे । साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैली र अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।

उनले प्रधानमन्त्री संसद र आमनागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्ति विवादास्पद र गलत भएको उल्लेख गर्दै उनले त्यसलाई सच्याउनुपर्ने वा पुष्टि गर्नुपर्ने माग गरे ।

होल्डिङ सेन्टर खाली गराउने सरकारको तयारीबारे विपक्षी दलहरूको विरोध

काठमाण्डौँ । सुकुम्बासी राखिएको होल्डिङ सेन्टर खाली गर्ने सरकारको तयारीमाथि राष्ट्रिय सभामा सांसदहरूले विरोध जनाएका छन् । विपक्षी दलहरू नेपाली कम्य...

आइतबारका लागि सारियो प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ । यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्...

रास्वपामा बढी मत ल्याएर पनि विजेता नभएकी पूजा सर्वोच्च जाने

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यको चुनावमा बढी मत ल्याएर पनि विजयी नभएकी पूजा बाँस्तोलाले सर्वोच्च अदालत जाने भएकी...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको...

उपसभापतिमा सोविता र तोसिमाको भिडन्त हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा का...

रास्वपा नेता जगदीश खरेलद्वारा महामन्त्रीको उम्मेदवारी फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता जगदीश खरेलले पार्टीको महामन्त्री पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय...