आइतबार, २८ असार २०८३
नेपाली

राजनीति

Main News Image

दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश

काठमाण्डौँ । दुई साताअघि नेकपा एमाले छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह र उपसभापति रामकुमार यादवलगायतले फूलमाला लगाएर स्वागत गरेका छन् ।

यससँगै उनले प्रेस विज्ञप्ति जारी गरेर पनि कांग्रेसमा फर्केको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको कांग्रेसमा परिवर्तन आएकाले फर्किएको उनले जनाएका छन् ।  ‘नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई सम्पूर्ण रुपमा स्वागत, समर्थन तथा आत्मसाथ गर्दै सो विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित श्री गगनकुमार थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान रही आजैको मितिदेखि मसहित मलाई सहयोग गर्ने र समर्थन गर्दै सधैं साथ दिँद्यै आएको सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रुपमा सार्वजनिक घोषणा गर्दछु,’ देवले भनेका छन् । 

उनले थापा नेतृत्वको कांग्रेसले देशलाई बदल्ने विश्वास गरेका छन् । देवले भनेका छन्, ‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्नेछन् ।’


झापा ५ मा ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

काठमाण्डौँ । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन् । आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगल...

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड...

दुर्गा प्रसाईं २५ दिनसम्म प्रहरी हिरासतमा बस्ने

काठमाडौँ । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइन...

रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद...

कांग्रेसको मधेश जनसभाको तयारी तीब्र, प्रतिज्ञा पत्र सार्वजनिक हुने

जनकपुर । नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीब्र बनाएको छ । विशेषगरी मधेश केन्द्रित रहेक...

मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत...