बुधबार, २८ असोज २०८३
नेपाली

नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा

Main News Image

काठमाडौँ । नबिल बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

उक्त सेयरधनीले आफ्नो नाममा रहेको शेयर एकमुष्ट बिक्री गर्न चाहेको भन्दै बैंकमा निवेदन दिएका थिए। सो निवेदन बैंकको सञ्चालक समितिमा पेस भएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर बिक्री तथा खरिद प्रक्रिया अघि बढाउने निर्णय भएको बैंकले जनाएको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नबिल बैंकले इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीलाई उक्त सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...