शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

Main News Image

काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएर दुवै समूहलाई तितर बितर पारे पनि शुक्रबार बिहानैबाट फेरि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए ।  

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढामा आएको जन्तिले बाजा बजाएको विषयमा विवाद सुरु भएको थियो । राति दुवै समूहले ढुंगा हानाहान गरेका थिए । बिहान पनि त्यही विषयमा दुवै तर्फका भेला भएर विवाद गरेका थिए । दुई समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० सेलभन्दा बढि अश्रुग्यास प्रहार गरेको डीएसपी बस्यालले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...

विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार

काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुरक...