शनिबार, २४ असोज २०८३
नेपाली

बाल दिवसमा १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान

Main News Image

चितवन । विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उनीहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।

त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् । रासस

mediabaaji add

सम्बन्धित खबर

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिव...

म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अदालतले दिएन म्याद, भए रिहा

काठमाण्डौँ । दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन् । सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो। उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डि...