पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट
चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छन्।
सूचीमा ‘अ–विधवा’ (गोविन्द गिरी प्रेरणा), ‘कल्प’ (डा. नवराज लम्साल), ‘जगज्जननी उसकी आमाको नाम होइन’ (नारायण ढकाल), ‘तुलु राजा’ (चन्द्रप्रकाश बानियाँ), ‘तोरकीन’ (क्षितिज समर्पण), ‘दहाड’ (नवीन अभिलाषी), ‘परिधि’ (उमा सुवेदी), ‘पैकेलो’ (ओम रिजाल), ‘भग्न प्रेमशाला’ (खगेन्द्र गिरी), ‘मध्यको उज्यालो’ (भूपिन), ‘महायुग’ (सीमा आभास), ‘स्वस्पर्श’ (डा. नवराज केसी), ‘सलह’ (श्रवण मुकारुङ), ‘सूतपुत्र’ (शंकरप्रसाद गैरे) र ‘हिउँद’ (नदीश) रहेका छन्।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार आगामी महिना यही सूचीबाट पाँच उत्कृष्ट कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिनेछ। त्यसपछि अन्तिम विजेताको घोषणा हुनेछ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्यका प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित विशेष समारोहमा विजेतालाई नगद राशिसहित सम्मानपत्र प्रदान गरिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...



