आइतबार, ०८ कात्तिक २०८३
नेपाली

अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा

Main News Image

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेपाली सुरक्षित छन् ।

सरकारले तत्काल खतरा नरहेको दोहोर्‍याए पनि युद्धको सम्भावित विस्तार र हवाई अवरोध लम्बिँदै जाँदा लाखौँ नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता भने बढ्दो छ । हवाई उडान ठप्प, सैन्य गतिविधि तीव्र र कूटनीतिक सतर्कता बढेसँगै सरकार पनि आकस्मिक तयारीमा जुटेको छ । सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । 

टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् । पश्चिम एसिया मामिला हेर्ने महाशाखा प्रमुख तथा टोलीका सदस्यसचिव रामकाजी खड्काका अनुसार सम्भावित उद्धार रणनीति र परिस्थितिको निरन्तर विश्लेषण सुरु भइसकेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जुन लागू भएको छ ।

पाकिस्तानको विदेश कार्यालयले बुधवार भनेको छ कि अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान स...

हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्‍यो इरानसँग संवाद

काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ ।  विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।

इजरायलका सा...

अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति

काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...

इरान-अमेरिका शान्ति वार्ता निष्कर्षविहीन

काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ । पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी...