ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कूल दुई हजार जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा चोरीको आशमकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा...
२४ घण्टामा एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...



