पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो ।
गतवर्ष १६ भदौ २०८१ रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका सुमन ११ मे २०२५ देखि पोल्यान्डमा थिए। उनको श्रीमती र ७ वर्षका छोरा छन् । पोल्यान्डबाट १५० किलोमिटरमा रहेको प्लातेरुफको ओस्त्रोमेचिनमा रहेको टिएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे । पहिले पनि तीन पटकसम्म श्वास(प्रश्वाससम्बन्धी समस्या भइसकेका सुमनलाई जनवरी १६ मा अचानक श्वास फेर्न गाह्रो भएर कोठामै बेहोस भएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आणविक क्षमतामा सम्झौता नगर्ने इरानको अडान
काठमाडौँ । क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित वातावरणका बीच राज्य...
नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध
काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...
मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते
काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिल...
जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते
काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...



