२० निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कारबाहीमा परेका कम्पनीहरूको नाम र प्रतिबन्धको अवधि सार्वजनिक गरेको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सूचना प्रकाशित भएको मितिदेखि नै लागु हुने गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई उनीहरूको कसूरको प्रकृति हेरी न्यूनतम एक वर्ष छ महिनादेखि अधिकतम दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल-चीन आर्थिक सहकार्यमा जोड
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । मंगलबार यहाँ आयोजित नेपाल-चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले...


