ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी
काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी...
तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम...
काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी...
पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...



