ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा दुई पक्षीय झडपपछि उत्पन्न तनाव थप भड्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरेको छ । जारी कर्फ्यु आदेशको प्रवाह नगरी सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टा...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।
उनले विमानस्थलको डस्टबिनमा र...
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र...
विदेशमा रहेकालाई सवारी लाइसेन्स दिने ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमति पत्र वितरणमा गम्भीर अनियमितता भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा आर्थ...
इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई...



