पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा २६ विजयपुरको लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा ७७ हजार २०५ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएके छ । सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनस् पक्राउ गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी...
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...



