सोमबार, १९ असोज २०८३
नेपाली

नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको २२  करोड १० लाख रुपैयाँ र तेस्रोमा सहास उर्जाको १३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुंगल हाइड्रोपावर र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ८.७२ प्रतिशतका दरले गुमाएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

चीनले डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ कार्ययोजना सुरु गर्ने

काठमाडौँ । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना पिबिओसीका डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्र...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज ९शनिबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद...

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...

घरजग्गा कारोबारमा उत्साह, मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन

काठमाडौँ । कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागको...

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

साहस ऊर्ज...

आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलमा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलमा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार...