नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन
काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका विभिन्न स्थानमा विशेष कार्यक्रम गरी २५औँ स्मृति दिवस मनाइँदै छ ।
विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी राजदरबारभित्र आयोजना गरिएको नियमित पारिवारिक भोजका क्रममा अप्रत्याशित रूपमा यो अकल्पनीय घटना घटेको थियो । त्यस कालरात्रिमा भएको अन्धाधुन्ध गोलीकाण्डमा परी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजाका कान्छा भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको विभत्स हत्या भएको थियो ।
घटनाकै दिन राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि नेपालको इतिहासले एउटा नयाँ र जटिल मोड लिएको थियो । घटनालगत्तै अचेत तथा अर्धमुर्छित अवस्थामा फेला परेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते नयाँ राजा घोषणा गरिएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत र अचेत रहेका कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राज्यको नायबी राजप्रतिनिधि घोषणा गरियो । अस्पतालमै उपचारका क्रममा जेठ २२ गते दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र शाहलाई नेपालको नयाँ राजा घोषणा गरिएको ऐतिहासिक तथ्य छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इजरायलसँगको श्रम सम्झौता स्वीकृत
काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार...
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...
उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४।३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उदयप...
श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले...
सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास के...
प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल...



