बिहिबार, २५ भदौ २०८३
नेपाली

हिन्द महासागरम डुङ्गा दुर्घटना हुँदा २५० जना बेपत्ता

Main News Image

काठमाडौँ । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन् ।

बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुङ्गा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो। तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण डुङ्गा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।

डुङ्गा कहिले दुर्घटनामा परेको भन्ने विषय स्पष्ट नभएको बताइएको छ । रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा भएको हिंसापछि उनीहरू ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

रूस र युक्रेनले गरे छुट्टाछुट्टै युद्धविरामको घोषणा

काठमाडौँ ।  दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसर पारेर रूसको रक्षा मन्त्रालयले मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्स...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम...

वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।

इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट

काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्था...

अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकताको अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन् । यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चाले...

अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम...