मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता, योगदान रकम एक खर्ब १६ अर्ब नाघ्यो

Main News Image

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।

कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ । यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ ।


mediabaaji add

सम्बन्धित खबर

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

लगातार घटेको नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ । आ...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैय...

शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १...

वीरगञ्ज नाका हुँदै ९ महिनामा भित्रिए तीन अर्बको विद्युतीय सवारीसाधन

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको...