नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज युनियन हाइड्रोपावरको सर्वाधिक २७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्योरेन्सको २३ करोड ५३ लाख रुपैयाँ र तेस्रोमा एनआरएनए इन्फ्रास्ट्रक्चरको २१ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले सर्वाधिक ९।९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य...
विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको दाम कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
त्यस्तै,...
मोदी ईनर्जीले विद्युत नियमन आयोगबाट पायो हकप्रद सेयर निष्कासनको प्रारम्भिक स्वीकृति
काठमाडौँ । मोदी ईनर्जी लिमिटेडले हकप्रद सेयर निष्कास गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो ।
...पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना
जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोल...
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
काठमाडौँ । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।
बूढीगण्डकी जलाशययुक्त जलवि...



