नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा झरेको छ ।
आज ३२९ वटा कम्पनीको कुल ५ करोड २७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारो बार रकम करिब ७ महिना यताकै धेरै हो । आज बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै सालपा विकास बैंकको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत र कालिका पावर कम्पनीको सेयर मूल्य ८.८७ प्रतिशतले बढेको छ । हिमस्टार उर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले बढेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट
काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त...
आठ अङ्कले घट्यो नेप्से, दुई अर्ब ८३ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेट...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५०० रुपैयाँँ कायम भएको हो । सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा...
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई...
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा निरन्तर नयाँ रेकर्ड बन्दै
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबा...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
११ साउन, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, १० ग्राम सु...



