गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते
रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउदै गरेको बा। प्र।०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ आउदै गरेको बा ।प्र।०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रुबाहक बस शुक्रबार बिहान करिब पौने २ बजे ठोक्किँएको प्रहरीले जानकारी दिएको छ ।
बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं। १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरुको तत्काल उद्धार गरेको प्रहरी हो । घाइतेहरु अहिले चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हातहतियारको होडबाजी विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७...
पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु
पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ । स्थानीयका अनुसार झ...
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्...
मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको...
कोशी र तराईमा तनाव बढेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता : जारी गरे सद्भाव र एकताको विशेष सन्देश
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र आपसी सहिष्णुता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन् ।
बिहीबारजारी गरेको सन्देशमा उनले सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द...



