सोमबार, ०५ असोज २०८३
नेपाली

माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलमा ३८ जना फसेको अनुमान : बिस्फोट गराएर टनेलको मुख खोलियो

Main News Image

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ टनेल भित्र ३८ जना प्राविधिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ ।

फसेकाहरूको उद्धारका लागि रातभर निरन्तर प्रयास जारी राखिएको छ। टनेलको ‘केवल पोर्टल’ सफा गर्ने क्रममा सोमबार बिहान ३ बजे बिस्फोट ९ब्लास्ट० गराएर सुरुङको मुख खोलिएको छ। सुरुङ खुलाएपछि भित्र ठूलो मात्रामा पानी जमेको पाइएकाले ‘वाटर पम्पसेट’ प्रयोग गरी ड्रेनेजरपानी बाहिर निकाल्ने डीवाटरिङ काम तीव्र पारिएको छ।

उद्धार कार्यलाई थप गति दिन र डीवाटरिङ प्रक्रियालाई प्रभावकारी बनाउन उच्च क्षमताका थप डीजी सेट ९डीजल जेनेरेटर० तथा पम्प सेट लगायतका आवश्यक उपकरणहरू निर्माण स्थलमा पुर्याइसकिएको छ। साथै, टनेलको मुखमा जम्मा भएका ठूला ढुङ्गा र माटोको थुप्रो हटाई भित्र प्रवेश गर्ने सुरक्षित मार्ग तयार पार्ने काम पनि भइरहेको छ।

mediabaaji add

सम्बन्धित खबर

उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्यार्थी युनियन

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पुष ७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यकाव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । केन्द्रीय समितिद्व...

१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० म...

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । 

वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता ए...

त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।

भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी...

१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

काठमाण्डौँ । अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो ।

जसअन...