ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु
काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
ईँटा लिएर जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको गौतमले जानकारी दिए। उनीहरुको सनाखत हुन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
झापाका दुई उद्योगमा आगलागी
काठमाडौँ । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहान करिब ४ः१५ बजे भक्त...
पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा अत्यधिक गर्मी
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । यस मौसमी प्रणालीका कारण देशको हिमाली र पहाडी भूभागसहित कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली भएको छ भने मधेश प्रद...
१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती आज खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने
काठमाण्डौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आव...



