अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्याएको छ ।
उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...
भेनेजुएलापछि अब क्युबा ट्रम्पको निशानामा, वाशिङ्गटन र हवानाबीच तनाव उत्कर्षमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा त्यसको गम्भीर मूल्य चुकाउन चेतावनी दिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तीव्र तनाव उत्पन्न भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्यु...
ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...
जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी
काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्...
कुवेत आक्रमणमा नेपालीको निधन, परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल र संयमताका लागि आह्वान
काठमाडौँ । उत्तरपूर्वी कुवेतको सिमाना नजिक इरानद्वारा सञ्चालित ड्रोन आक्रमणका क्रममा एक निर्दोष नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरेको छ ।
सर्वसाधारण नागर...
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।
लगातारको तीव्र...



