बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।
उक्त भूकम्पको कम्पन बझाङका साथै छिमेकी जिल्ला बैतडीका विभिन्न क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा केही बेर त्रसित बनेका थिए । यद्यपि, भूकम्पका कारण हालसम्म कुनै पनि धनजनको क्षतिको विवरण प्राप्त नभएको प्रहरी तथा स्थानीय प्रशासनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार पहाडी तथा हिमा...
आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान मह...



