शुक्रबार, १२ भदौ २०८३
नेपाली

सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

Main News Image

काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।

mediabaaji add

सम्बन्धित खबर

असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो !

काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपम...

मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत

काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना घाइते छन्, जसमध्ये दुईको...

आज राष्ट्रिय भाक्का दिवस मनाइँदै

काठमाडौँ । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ ।

पहिले को...

भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने

काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

भक्तपुरको...

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा र योमरी पुन्हि पर्व

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष...

सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश...