धनतेरससँगै सुरु भयो ६ दिने तिहार
महोत्तरी। नेपालीको दोस्रो ठूलो चाड तिहार दीपावली पर्व शुक्रबारदेखि सुरु भएको छ। प्राचीन मिथिला क्षेत्रसहित मधेसका जिल्लाहरूमा पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाइँदै छ। चन्द्रमासको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको परेको छ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्ण त्रयोदशीका दिन साँझ दीप प्रज्वलन गर्दै धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर लक्ष्मीको पूजा आराधना गर्ने चलन छ। शुक्रबार सूर्योदयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का मेडालियन बिक्री सुरु गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ । खरिद-बिक्रीको काम आज र भोलि दुई दि...
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
आज शेयर बजार सामान्य अंकले घट्यो, १६ अर्ब ३५ करोड माथिको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भ...
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टिते...



