सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।
डिआइजी बढुवाका लागि १४ एसएसपीबीच प्रतिस्पर्धा चलेको छ। डीआईजीहरु कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले डीआइजीको पाँच वर्षे पदावधिका कारण बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त हुँदा उनीहरुबीच प्रतिस्पर्धा चलेको हो । ६ मध्ये एक पद कानून निर्देशनालयतर्फ र बाँकी ५ वटा प्रशासनतर्फ छन्। कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लो दाबेदार हुन् ।
त्यस्तै, प्रशासनतर्फ मात्र १३ जना एसएसपीबिच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ । जसमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल छन्।
उनीहरुमध्ये पहिलो नम्बरमा रहेका कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएको र कार्यसम्पादन पनि कमजोर रहेकाले उनको सम्भावना न्यून छ। बाँकी १२ जना सशस्त्र प्रहरीको सिंस २ का अधिकृत हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
करिब ११ लाख बराबरको काँचो केरासहित ४ जना पक्राउ
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपाल...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...
पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
काठमाडौँ । पैदलयात्रीलाई कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा भएको हो...
यी हुन् एसएसपीमा बढुवा सिफारिस हुने १० एसपी
काठमाण्डौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको गृह मन्त्रालयको बढुवा समिति सचिवालय बैठकले १० जना प्रहरी उपरीक्षक एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...



